कांग्रेस पूर्वमहामन्त्री सिटौला ‘डिस्चार्ज’

label सुदूर खबर संवाददाता query_builder March, 26 2019

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । धुम्बराहीस्थित ह्याम्स अस्पतालले उनलाई मंगलबार बिहान डिस्चार्ज गरेको हो ।

स्वास्थयमा देखिएको समस्या उपचार पश्चात निको भएपछि नेता सिटौलालाई अस्पतालले घर फिर्ता पठाएको हो ।

रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि नेता सिटौलालाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो । नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरुले गत आइतबार उनी उपचारत अस्पतालमै रक्तदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।