ऊर्जा मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

label सुदूर खबर संवाददाता query_builder March, 26 2019

काठमाडौं, चैत १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताएका छन् ।

मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुगेकी नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई मन्त्री पुनले सो कुरा बताएका हुन् । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता रहने जानकारी दिदैं ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताइन् ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।