जनकपुरमा नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने

label सुदूर खबर संवाददाता query_builder March, 26 2019

जनकपुरधाम, चैत १२ ।  यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ ।

सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिए ।

सो पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यस्तै सम्मेलनमा नेपालका १० र भारतका दुई स्रष्टालाई सम्मान गरिने बताइएको छ ।

सम्मानित हुनेहरूमा सिरहाका यमुनाप्रसाद पञ्जियार, धनुषाका जनकनन्दिनी शरण, महोत्तरीका महेश्वर राय, सर्लाहीका वीरेन्द्र मिश्र, रौतहटका प्रभा सिंह, पर्साका सतीशचन्द्र सजल, नवलपरासीका देशबन्धु यादव, कपिलवस्तुका मनोजकुमार ओझा र बाँकेका दिवेशकुमार मिश्र तथा भारतका रामचन्द्र राय र गौरकान्त झा रहनुभएको अध्यक्ष नेपालीले बताए ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।