बझाङ जिल्ला पौष मसान्त भित्र साक्षरता घोषण गर्ने जनप्रतिनिधीको प्रतिबद्धता

label डीबी विष्ट query_builder March, 28 2019

डीबी विष्ट /सुदूर खबर
चैत्र १४ बझाङ
बझाङ जिल्लालाई आगामि २०७६ पौष मसान्त भित्र साक्षर जिल्ला घोषणा गर्नका लागी स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका छन् । बिहीबार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रले आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखहरुले २०७६ पौष मसान्त भित्र साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल सरकारले २०७६ साललाई साक्षर बर्षका रुपमा मनाएर देश भरिका सबै जिल्ला लाई साक्षर जिल्ला घोषणा गर्ने उदेश्य अनुरुप बझाङ जिल्ला लाई पनी साक्षर जिल्ला घोषणा गर्न स्थानीय तहका प्रमुख संग छलफल गरिएको हो । छलफल कार्यक्रमा जिल्लाका १२ वटै स्थानीय तहहरुमा हाल साक्षरता घोषणाका लागी भएका प्रयास , चुनौतीहरु र समाधानका उपायहरुका बारेमा समेत ब्यापक छलफल गरि नेपाल सरकारले लिएको साक्षर नेपाल बर्ष २०७६ लाई सफल पार्न प्रतिबद्ध भएका हुन् । पहिलो चरणमा स्थानीय तहमा वडाहरुबाट साक्षर वडा घोषणा गर्दै पालिकाहरु घोषणा गरि सकेपछि जिल्ला लाई नै घोषणा गर्न आबस्यक तयारी गर्ने गरि कार्य योजना समेत तय गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुख खडक खड्काले नेपाल सरकारले लिएको निती तथा दिगो बिकास लक्ष्यको ४ नम्बर बुदामा पनि सबैका लागी समाबेसी समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सिकाईका अबसरहरु प्रवर्धन गर्ने उल्लेख भए अनुसार यस अभियानमा सबैले प्रतिबद्ध भएर लाग्नु पर्ने बताए ।

२०६८ सालको जनगणना अनुसार महिला १ लाख २ हजार ३ सय ५६ ,पुरुष ९२ हजार ३ सय ९५ मध्ये १५ देखि ६० बर्ष उमेरका ६५. प्रतिशत साक्षर रहेको उल्लेख गरिएको छ । जस मध्ये ३५ प्रतिशत अझै निरक्षर रहेका छन् । बझाङ जिल्लाका दश गाउँपालिका र दुई नगरपालिकाहरुले झण्डै ९० भन्दा बढी प्रतिसत साक्षर भएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख सुरेन्द्र कठायतले बताउनुद भयो । उहाँले भन्नु भयो , १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिसत साक्षर पुगी सकेपछि पालिका, जिल्ला घोषणा गर्न सकिने भएकाले सबैले यस कार्यमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि जिल्लाको सबै भन्दा दुर्गम गाँउपालिका साईपालका अध्यक्ष राजेन्द्र धामीले गाँउपालिकालाई साक्षर घोषण गर्न निकै चुनौति रहेको बताए । गाँउपालिका स्थानीय सर्व साधारण ब्यक्तीहरुको सहयोग साथ नमिल्ला समस्या हुने र एक गाँउ बाट अर्को गाँउ पुग्न मात्रै दुई दिन लाग्ने भएका कारण समस्या हुने बताए । यता सर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले यार्सा संकलन गर्ने समय आएका कारण यो अभियान खास्सै प्रभावकारी नहुने र साउन महिना पछि मात्रै गाँउमा अभियान संचालन गर्न सकिने बताउनु भयो ।

आफुहरुले सहकारी लक्ष्य अनुसार काम गर्ने बताउदै केदारस्युँ गाँउपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले प्रत्यक परिवारका कुनै न कुनै ब्यक्ती साक्षर भएका कारण आफ्नो घर परिवार निराक्षर सदस्यहरुलाई स्वयम् ब्यक्तीहरुलाई दनै साक्षर बनाउने जिम्मा दिने र यासो नगर्दा गाँउपालिकाले दिने सबै सेवा सुविधाहरु बन्द गरे पछि सहज तरिकाले जिल्लालाई नै साक्षर जिल्ला घोषण गर्न सजिलो हुने बताए ।
जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भने नगरपालिका भित्र ८३ प्रतिशत भन्दा बढि जनसंख्या साक्षर भएका कारण बाँकी रहेको निराक्षरलाई समयमा नै साक्षर बनाउन सकीने बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र उपसचिव दिनेश घिमिरेले हाल नेपालमा ४७ जिल्ला साक्षर घोषण भई सकेको र अझै ३० जिल्ला साक्षर घोषणा गर्न बाँकी रहेको बताउदै बझाङ जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि स्थानीय सरकारले नै जिम्मेवार हुनु पर्ने बताए । उहाँले सामुदायिक सिकाई केन्द्र, प्रत्येक साक्षर घर परिवार, शिक्षक विद्यार्थी र आम संञ्चार माध्यामले ठुलो भुमिका खेल्ने भएकाले निरक्षरलाई साक्षर बनाउनु पर्ने सबैको दायित्व भएकाले आ–ाफ्नो ठाउँबाट यस जिल्लालाई समेत साक्षर जिल्ला घोषणा गर्न आग्रह गर्नुभयो । छलफल कार्यक्रममा नागरिक समाज , गैरसरकारी संस्थाका प्रमुख लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्