बझाङमा खोरेत रोगले पशु चौपाया मर्न थाले

label डीबी विष्ट query_builder March, 29 2019

डीबी विष्ट/सुदूर खबर
चैत्र १५ बझाङ
खप्तड छान्ना गाँउपलिकामा खोरेत रोगले पशु चौपया मर्न थालेका छन् । अहिले सम्म खप्तड छान्ना गाँउपालिकाको वडा नम्बर ५ को पुजारी गाँउ र ४ को नेटाकाँटीया गरि जम्मा १२ भन्दा बढी पशु चौपाया मरेका भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक कर्ण बहादुर खड्काले बताए । खप्तड छान्ना गाँउपालिकामा खोरेत रोगले पशु चौपया मर्न थाले पछि पशु चौपायालाई उपचार र भ्याक्सीन लगाउनका लागी अभियान सन्चालन गरीएको छ । अहिले प्राविधिक सहितको टोली स्थानीयको घर दैलोमा नै पुगेर पशु चौपायालाई भ्याक्सीन लगाउने काम तिब्र रुपमा भै रहको छ ।


पशु चौपायालाइ ज्वरो आउने, मुखमा घाउ हुने, र्याल फ्याक्ने, खुरमा घाउ हुने, किरा पर्ने, लगायतका लक्षण देखा परे पछि यो अभियान सन्चालन गरेको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यलय प्रमुख बाल्मीकी प्रशाद जोशिले बताए । खोरेत रोगमा कारण स साना बाच्छाबाच्छिहरु मरेका निमित्त कार्यालय प्रमुख जोशिको भनाई छ । गाँउपालिका भरि बाट परिक्षण गर्नका लागि ४२ वटा सेम्पल ल्याएर ल्याब परिक्षण गर्न कैलाली पठाउने काम भएको जोशिले जानकारी दिनु भयो । रोगले पशु चौपाया मर्न थाले पछि यहाँका स्थानीय बासिन्दा चिन्ती भएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्