होलसेल भन्दा खुद्रा पसलमा बढी अखाद्य बस्तु भेटीए

label डीबी विष्ट query_builder March, 31 2019

डीबी विष्ट / सुदूर खबर
चैत्र १७ बझाङ
बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा म्याद नाघेका अखाद्य बस्तुहरु बरामत गरि नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बझाङले शनिबार विहान गरेको बजार अनुगमनमा अखाद्य बस्तुहरु बरामत गरि नष्ट गरिएको हो । बजार अनुगमन निरन्तर रहेको छ । ८।१० पसलमा अनुगमन गर्दा झण्डै ५ हजार भन्दा बढी मुल्य बराबरका अखाद्य बस्तु भेटीएका हुन्् ।


शुक्रबार देखी सुरु गरिएको बजार अनुगमनका क्रममा बढी जस्तो म्याद नाघेका अखाद्य बस्तुहरु सानो सानो ब्यापार गर्ने खुद्रा ब्यापारीहरुको मा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशिले बताए । जिल्ला प्रशासन कार्यालयले ठुलो होलसेल ब्यापारीहरुलाई तार्गेट गरेर बजार अनुगमन गरे पनि होलसेल ब्यापारीहरुकोमा भने म्याद नाघेका अखाद्य बस्तुहरु नभेटीएको सहायक प्रमख जिल्ला अधिकारी जोशिको भनाई छ ।


म्याद सकीन केहि समय बाँकी हुँदा बाहीरी जिल्लाका ब्यापारीहरुले पहाडी जिल्ला पठाई दिने र होलसेल ब्यापारीहरुले उक्त सामान खुद्रा ब्यापारीहरुलाई पठाई दिने प्रवृति भएका कारण होलसेल ब्यापारी भन्दा खुद्रा ब्यापारीहरुकोमा बढी म्याद नाघेका सामानहरु भेटीएका हुन् । होलसेल ब्यापारी बाट शुक्रबार सामान राखेको तर शनिबार आफुहरुले अनुगमन गर्दा म्याद नाघेका सामानहरु फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी जोशिले बताउनु भयो । अखाद्य बस्तुु नियन्त्रणका लागि उपभोक्त सचेत र ब्यापारी ईमान्दार भए पुग्ने जोशिको भनाई छ ।

तपाईंको प्रतिक्रिया दिनुस्