इतिहासमै पहिलोपटक साइपाल गाउँपालिकामा एकीकृत घुम्ति शिविर

label डीबी विष्ट query_builder April, 04 2019

धुली (बझाङ), चैत २१ । बझाङको सबैभन्दा दुर्गम गाउँपालिका साइपाल गाँउपालिकामा पहिलो पटक एकीकृत घुम्ति शिविर संचालन भइरहेको छ ।

झण्डै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यस गाँउपालिकाको सबैभन्दा बढि दुर्गमका रूपमा चिनिने साइपाल गाँउपालिका–४ को धुलीमा बिहीबारदेखि शिविर शुरु भएको हो ।

इतिहासमा नै पहिलो पटक शिविर संचालन हुँदा यहाँका स्थानिय बासिन्दा निकै खुसी भएका छन् ।

नागरिकता मात्रै लिन यहाँका स्थानीय बासिन्दाले छ दिनको पैदल यात्रा र ३५ हजारभन्दा बढि खर्च हुने झन्झट हट्ने भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन् । पहिलो पटक साइपाल गाँउपालिकामा घुम्ति शिविर संचालन गर्ने साहस प्रमुख जिल्ला अधिकारि सुरेश सुनारले गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सुनारले शिविर सन्चालनका लागि धुलिमा पुग्दा स्थानीयले फूलमाला बाजागाजासहित सम्मान गरेका छन् ।

आफूले नागरिकता लिँदा ३५ हजार खर्च गरेको बताउँदै साइपाल गाँउपालिका वडा नम्बर ४ का स्थानीय अस्मान रोकायाले तीन दिन जान, तीन दिन आउन र ४/५ दिन सदरमुकाम चैनपुरमा नै बस्नु पर्याे सबै गरेर ३५ हजार खर्च गरेको थिए । अहिले गाउँममा नै शिविर आउँदा दंग लाग्यो छोराको नागरिकता बनाउने उमेर भएको थियो ।

छोराको नागरिकता बनाउनका लागि पैसाको जोहो गर्दै थिए । ‘नागरिकता शिविर घरमा नै आएपछि छोरा मंगल रोकायाको नागरिकता बनाउन पाउँदा निकै खुसी लाग्यो ।’ उनले भने,– हजारौ रूपैया बचत हुँदा निकै दंग छौँ । बाटो पनि त्यति नै जाखिम छ । नागरिकता लिन जाँदा पनि ज्यान नै जाखिममा राखेर जानुपर्छ ।’

यता प्रमुख जिल्ला अधिकारी सुनारले यस्तो दुर्गम ठाउँ छ भन्ने कल्पना समेत नगरेको र यहाँ पुग्दा आफूलाई नै अचम्म लागेको बताए । ‘यो ठाँउमा अहिलेको युगमा समेत आएर टेलिफोन समेत नहुँदा हरेक क्षेत्रबाट यहाँका स्थानीहरू बन्चित भएको देख्दा निकै दुख लागेको छ।’ प्रमुख जिल्ला अधिकारी सुनारले भने–‘काम सबैले गर्ने हुन तर आफुलाइ फरक तरिकाले गर्ने विचार, अहिलेसम्म यो ठाँउमा कोहि पनि नगएको भन्ने सुनेपछि पहिलो तार्गेट नै आफूले साइपाल गाउँपालिकालाई राखेको थिएँ।’

प्रमुख जिल्ला अधिकारी सुनार प्रमुख जिल्ला अधिकारी मध्ये तथा उपसचिबमा देश भरिकै कान्छो सिडियो पनि हुन् । घुम्ति शिविरमा स्वास्थ्य, वन, पशु, फोटा सहितको मतदाता नामावलि, अपांग परिचय पत्र र विभिन्न सिफारिसहरू लगायत सबै सेवाहरू यहाँ स्थानीय बासिन्दाले पाउने भएका छन् । शिविरमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भुवनराज पन्तसहितको टोलीसमेत साइपाल गाँउपालिकामा पुगेको छ ।

साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले आफ्नो ठुलो प्रयास पछि जिल्लाका प्रमुखहरु आफ्नो ठाँउमा ल्याउन सफल भएको बताए । स्थानीय बासिन्दाहरूले अहिले सेवा गाउँ नजिकै पाएपछि स्थानिय सरकार आएको बतायका छन् । उक्त शिविर धुली, काँडा र धलौनमा संचालन हुनेछ । शिविर २४ गतेसम्म संचालन हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्