धार्मिक नेता दलाई लामा अस्पताल भर्ना

label सुदूर खबर संवाददाता query_builder April, 10 2019

नयाँ दिल्ली, चैत २७ । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा अस्पतालमा भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एक अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको हो ।

लामाका निजी सचिव तेन्जिङ तकल्हाका अनुसार उनको स्वास्थ्य अवस्था मंगलबार खराब भएपछि उपचारका लागि दिल्लीस्थित अस्पतालमा ल्याइएको हो । केही दिन उनी चिकित्सककै निगरानीमा रहने जनाइएको छ ।

लामाको स्वास्थ्य अवस्थाका बारेमा थप खुलाइएको छैन । ६ दशक अघिदेखि उनी भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । उनी भारतको धर्मशालास्थित आश्रममा बस्दै आएका छन् ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।