आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर गयो

label सुदूर खबर संवाददाता query_builder April, 12 2019

काठमाडौं, चैत २९ । गत वर्ष भएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको छ । चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औंल्याएको छ ।

मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षालगायतमा ठूलो आर्थिक अनियमितता भएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले तेस्रो चरणको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तथा राष्ट्रपति/उपराष्ट्रपतिको लागि भएको चुनावको लेखापरीक्षण गरेर शुक्रबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदैछ ।

आयोगले पोष्टर, फ्लिपचार्ट, एफएक्यू, ब्रोसर, प्रत्यक्षतर्फको निर्वाचन प्रणालीको नमुना मतपत्र गरी ११ करोड ७२ लाख रुपैयाँ मूल्यको सामग्री छापेको थियो । ति सबै सामग्री खेर गए ।

त्यस्तै आयोगले दोस्रो चरणमा मतदाता शिक्षा सामग्री पुन : छापिरह्यो । यसका लागि सात करोड ५४ लाख रुपैयाँ खर्च गरियो । ती सामग्री पनि प्रयोगविहीन भए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।