आईपीएल : चेन्नईको छैटौं जीत

label सुदूर खबर संवाददाता query_builder April, 12 2019

चैत २९ । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको छ। बिहिबारराति भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित चेन्नईले छैटौं जित निकालेको हो।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो। चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले।

धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए। मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उकासेका थिए। यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचद्र जडेडा अविजित ९ रन बनाए। राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए।

यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो। जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।