बर्ष २०१९ मा यी ४ राशीका ब्यक्तीहरुलाई ऋण लिने र दिने नगरेकै राम्रो, हैन भने…

label समाचार प्रकाशक query_builder April, 12 2019

सन् २०१९ शुरु भैसकेको छ । नयाँ वर्ष लाग्दा विभिन्न ग्रह स्थितिको कारण हरेक राशिको भाग्यपरिवर्तन हुने गर्छ। ज्योतिष शास्त्रीका अनुसार २०१९ मा निम्न उल्लेखित राशिहरुले आर्थिक कार्यमा सावधान रहनु पर्नेछ। साथै यी राशिले २०१९ मा ऋण नलिएको राम्रो हुनेछ।

मिथुन

घुमफिरमा धेरैनै रमाउने मिथुन राशि हुनेहरुले २०१९ मा कुनै पनि प्रयोजनको लागि ऋण नलिएको उचित हुनेछ। आर्थिक रुपमा समस्या आइपर्दा परिवार र आफन्तजनसँग ऋण लिन उपयुक्त हुनेछ। तर बैंक र अन्य माध्यमबाट ऋण लिनको लागि पनि २०१९ उचित नहुन सक्ला। साथै यस राशि हुनेहरुले अरुलाई आर्थिक सहयोग नगरेकै राम्रो हुन सक्ला।

सिंह

सन् २०१९मा सिंह राशिकोले ऋण लेन-देन नगर्नु भएको उचित हुन सक्ला। आफ्नो हातबाट दिइएको ऋण उठ्न यस वर्ष गार्हो पर्न सक्ला। साथै कसैबाट व्यवसायको लागि लिइएको ऋणबाट यस वर्ष खासै फाइदा नहुने देखिन्छ। ऋण लिएर व्यवसाय विस्तार गरेता पनि आर्थिक रुपमा लाभ भने मिल्नेछैन।

वृश्चिक

सन् २०१९मा वृश्चिक राशि हुनेहरुले कोहिसँग पनि ऋण नलिनु भएको उचित हुनेछ। व्यवसायमा आफ्नै पुंजी लगानी गरेको फाइदाजनक हुनेछ। अरुसँग लिइएको आर्थिक सहयोगले व्यवसायमा फल प्राप्त हुनेछैन। वैदेशिक यात्राको लागि भन्दै लिइएको ऋणले यस वर्ष झन धेरै समस्या पैदा गर्न सक्ला।

मकर

सन् २०१९ मा मकर राशि हुनेहरुले शैक्षिक ऋण बाहेक अन्य प्रकारमा ऋण भने नलिनु होला। व्यवसाय विस्तारको लागि लिइएको ऋण अन्य काममानै खर्च हुन सक्ने देखिन्छ। ऋण लिने समयमा आफू भन्दा पनि आफ्नो परिवारका सदस्यलाई अगाडी सारेको उचित हुन सक्ला। ऋण दिँदा पनि आफ्नो हातले भन्दा परिवारको हातबाट दिनु उचित हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्