ह्वात्तै घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

label समाचार प्रकाशक query_builder April, 12 2019

आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मुल्य आज घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ३ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मुल्य घटेर तोलामा ७ सय २० रुपैयामा कारोकार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्