आयोजक सुदूर खबरलाई पाखा लगाउदै एभरेष्ट एकेडेमीको कब्जामा प्रथम स्थान ( भिडियो सहित)

label समाचार प्रकाशक query_builder April, 13 2019

 कैलालीको अत्तरियामा जारी अन्तर माध्यामिक बिधालय स्तरिय भलिबल प्रतियोगिता शुक्रबार चैत्र २९ गते समापन भएको छ । फाईनलमा आयोजक टिम र एभरेष्ट एकेडेमी अत्तरिया भिडेका थिए । जस्मा आयोजक र एभरेष्ट इकेडेमीको घम्साघम्सी सँगै अन्ततः आयोजक टिम दोस्रो स्थानमा चित्त बुझाउन बिबस भयो ।

फाइनलको पहिलो सेट आयोजकले लियो, दोस्रो र तेस्रो सेट एभरेष्ट एकेडेमीले जित्यो फेरी चौथो सेट आयोजकले लियो र उत्त भलिबल प्रतियोगित पाचौ राउण्डमा प्रवेश सँगै एभरेष्टले धमाकेदार प्रस्तुती देखाउदै फाईनलको ट्रफी मेडल, नगद र प्रमाणपत्रमा कब्जा जमाउन सफल रह्यो ।

तेस्तै दोस्रो स्थानमा आयोजक टिम (सुदूर खबर अनलाईन मिडिया) तेस्तै गरी तेस्रो स्थानमा सुदुर पश्चिम माध्यमिक बिद्यालय बनखेत कैलाली र सान्तोना स्थानमा जेके माबि अत्तरिया कैलाली रहेको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका उप प्रमुख रत्ना कडायत ज्यू ले बिजेता टिमलाई पुरुस्कार नगर १८ हजार ५१ , ट्रफी र प्रमाणपत्र दिनु भएको थियो । साथै बिशिष्ट अतिथीमा दुर्गालक्ष्मी बहुमुखी क्यामसका प्रचार्य ज्यू रहनुभयो । उत्त कार्यक्रममा सभावतीको आशनग्रहण खेलसंयोजक प्रम सिह बिष्टले गर्नु भएको थियो ।

नगर उपप्रमुख ले भने गोदावरी नगरपालिका लाई खेल जगतको माध्यमबाट चिनाऔ, पुरुष सँगै दिदी बहिनीका लागि पनि खेलमा सहभागिता हुने खाले गेममा अभिप्रेरित गराउ भन्दै खेलकुदको विकासका लागि नगरपालिका सधैव साथ र समर्थन रहेको जानकारी गराए ।

 

’स्वाभिमान र नैतिकवान बनौ , गोदावरी नगरपालिकालाई खेलकुदका माध्यामवाट चिनाऔ’ भन्ने मुल नाराका साथ सुदुरखबर अनलाईन मिडायाले आयोजना गरेको प्रथम अन्तर मा.बि स्तरिय भलिबल प्रतियोगिताको बिजेता हुने टिमले १८ हजार ५१ , दृतिय हुनेले ९ हजार ५१ , तृतिय हुनेले ५ हजार ५ सय ५१ र सान्तब्नाले ३ हजार ५ सय ५१ रुपैया नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रेम सिंह बिष्टले बताए ।

उनका अनुसार उत्कृष्ट ५ जनालाई आर्कषक पुरस्कारको ब्यबस्था गरिएको थियो । लिग चरणका आधारमा खेलाइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १० वटा टिमको सहभागिता रहेको छ । खेलहरु सुदुरपश्चिम माध्यामिक बिधालय बनखेतको खेल मैदानमा भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्