नयाँ बर्षको अबसर पारी नेपाल टेलिकम ले ल्यायो अफर नै अफर

label समाचार प्रकाशक query_builder April, 13 2019

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ लाइ लक्षित गरी नयाँ अफर ल्याएकाे छ।साे नयाँ स्किमअन्तरगत टेलिकमका ग्राहकले २ सय रुपैयाँकाे एउटा प्याक किन्दा ३ जिबी डाटा चलाउन मिल्ने सुविधा छ।यसैगरी साे प्याकमा टेलिकम कै नेटवर्कभित्र २ सय मिनेटसम्मकाे भ्वाइस कल तथा २ सय वटा एसएमएस पठाउन सकिने सुविधा प्रदान गरेकाे छ ।प्याक ०७५ चैत ३० गते शनिबारदेखि एक्टिभ भएर ०७६ बैशाख २ गते सम्म खरिद गर्न मिल्नेछ । यसरी खरिद गरिएकाे प्याक ५ दिनभित्रमा प्रयाेग गरिसक्नुपर्ने टेलिकमले जनाएकाे छ ।प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसो त नेपालको दूरसञ्चार सेवाको मूल्य विश्वकै महंगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५६ औं प्रतिवेदनमा गरेको विश्लेषण अनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवा सेवाको मूल्य अरु मुलुकको भन्दा दोब्बरसम्म रहेको पाइएको हो ।महालेखाले यो उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत हुने ठहर गरेको छ ।तर, वित्तीय विवरणअनुसार विश्लेषण गर्दा नेपालका सेवाप्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकोले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक रहेको ठहर महालेखाको छ ।

जबकी विश्वका विभिन्न मुलुकहरुका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म मात्रै हुन्छ । नाफाको रकम निर्धारण गर्दा सोही प्रकृतिका संस्थाले अन्तर्राष्ट्रियस्तरमा आर्जन गर्ने नाफासमेतका आधारमा मूल्य निर्धारण गर्नेपर्ने सुझाव महाले खाले दिएको छ ।यो सुझाव दिने क्रममा महालेखाले अमेरिका, बेलायत, चीन, भारत, युरोप, जापान, मलेसिया लगायतका देशका विभिन्न सेवा प्रदायकको वित्तीय विवरणसँग नेपालका सेवा प्रदायकको विवरण तुलाना गरेको छ ।ऐनबमोजिम वस्तु वा सेवाका उत्पा दन बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था मन्त्रालयले गर्नुपर्ने हो ।

तर, हालसम्म पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो मूल्यको नियमन नगरेको पाइएको महालेखाले जनाएको छ ।नेपालमा २ टेलिफोन सेवा प्रदायकले देशभर मोबाइल तथा टेलिफोन सेवा उपलब्ध गराउँदै आएका छन् भने ३ टेलिफोन सेवा प्रदायकले नि श्चित क्षेत्रमा मात्र सेवा उपलब्ध गराउँदै आएका छन् ।‘कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा सो सेवा सञ्चालन गर्दा हुने खर्च, पूर्वाधार विकासमा गर्नुपर्ने लगानी एवं सोको लागत र निश्चित नाफा समावेश गरी निर्धारण गरिनुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्