पाँच वर्षीया बालिका क्यान्सर पीडितबाट बाच्ने झिनो आशा राख्दै परिवारजनले सहयोग माग्दै

label समाचार प्रकाशक query_builder April, 13 2019

रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीया बालिकाको उपचारमा लाग्ने खर्च को जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भइसकेको र आफूहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए ।

उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराइरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सक हरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराइन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमूना संकलन पठाउनुपर्ने भएका कारण आफूहरु खर्च धान्न नसक्ने अवस्थामा आइपुगेको आफन्तले पीडा रहेको छ ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाइ रहेको उनकी आमाले दुःखेसो पोखिन् । इमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै का रण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।

छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पूर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताइन्। अहिलेसम्म बालिकालाई दुईपटक किमो दिइसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाइन् । विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् ।

अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचन बद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाइ छ । उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाइल नम्बर 9866401358, 9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने पनि परिवारले जनाएको छ ।

यो पनि पढ्नुस

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

👉️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

👉️कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

👉️ खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

👉️ किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।

तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

तपाईंको प्रतिक्रिया दिनुस्