नयाँ वर्षमा बाजुराका डिएसपी भाट सम्मानित

label मदन विक query_builder April, 15 2019

मदन वि.क./सुदूर खबर
बाजुरा २ बैशाख
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाट सम्मानित भएका छन् ।  नयाँ वर्ष २०७६ शालको अवसर पारि बडीमालिका नगरपालिका वडा नं ३ मा रहेका रजाली युथ क्लव, वडा स्तरीय महिला अधिकार मंच र बाल अधिकार मंच रजालीले डिएसपी भाटलाई सम्मानित गरेको हो ।
आईतबार बडीमालिका नगरपालिका वडा नं. ३ मा नयाँ वर्ष २०७६ सालको अवसरपारि सयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डिएसपी भाटलाई सम्मानित गरिएको हो ।


डिएसपी भाटले बाजुरा जिल्लामा आएदेखि नै जिल्लाको समग्र शान्ति सुरक्षामा उल्लेखनीय कार्य गरी समुदायमा कुरिती, कुसंस्कार र समाजमा हुने सामाजिक सदभाव र अमन चयनमा खलल पुर्याउने गतिविधिलाई निरुत्साहित गर्न अहोरात्र खटी जनताको सुरक्षाको प्रत्याभुति प्रदान गरेकोले डिएसपी भाटलाई सम्मानित रजाली युथ क्लवका अध्यक्ष कृष्ण खड्काले बताए ।
डिएसपी भाटलाई प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले दोसल्ला सहित सम्मानित गरेका हुन् । डिएसपी भाटलाई सम्मानित गर्दै प्रतिनिधि सभा सदस्य थापाले नयाँ वर्षमा बाजुरा बासीहरुमा नयाँ जोस र उमङ्गका साथ जिल्लाको शान्ति सुरक्षामा लाग्न अनुरोध गरेका थिए ।


डिएसपी भाट बाजुरामा आएको ६ महिना वित्यो ६ महिनाको अवधिमा डिएसपी भाटले जिल्लामा शान्ति सुरक्षा दिन प्रतिदिन मजबुत बनाउँदै गएका छन् । दिनरात नभनेर जनताको सुरक्षामा खटिएर लागेका भाटलाई अहिले जिल्लामा सबै जनताहरुले साथ दिएका छन् ।
डिएसपी भाट बाजुरा जिल्लामा प्रवेश गरेदेखि नै गाउँमा रहेका स्थानीयहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न पाएको बडीमालिका नगरपालिका ३ का जंग विकले बताएका छन् ।
मदिरा उत्पादन तथा सेवनकै कारण समाजमा हिँसा हुने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले दिन प्रतिदिन मदिरालाई नियन्त्रण गर्न जिल्ला भरि नै मदिरा नियन्त्रण गर्ने अभियान चलाएको छ । मदिरा नियन्त्रण अभियान संचालन गरी महिला हिँसा कम भएकोमा शुभकामना आदाप्रदान कार्यक्रममा महिलाहरुले देउडा गित मार्फत डिएसपी भाटलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

तपाईंको प्रतिक्रिया दिनुस्