जिवित छदाकी निर्मला पन्तको दुर्लभ भिडियो बाहिरियो । यस्ती थिईन निर्मला

label समाचार प्रकाशक query_builder April, 15 2019

निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ।

बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो ।

निर्मला पन्त जीवितै हुँदाको त्यो दुर्लभ भिडियो भेटियो, यस्ती थिइन् निर्मला पन्त

तपाईंको प्रतिक्रिया दिनुस्