संकट कालमा अभिभावक बाट छुटेका रोल्पाका कालेको गाँउ जाने धोका अधुरै

label डीबी विष्ट query_builder April, 15 2019

डीबी विष्ट /सुदूर खबर
बैशाख २ बझाङ
सानै ५।६ बर्षको उमेर सबै कुराको राम्रो संग ज्ञान समेत नभएको । बाल्यकालको उमेर थियो । गाँउ घरमा २०६०।२०६१ साल तिर माओबादी, नेपाली सेना, प्रहरी भने पछि सबैको कान ठाडो हुन्थ्यो । हामीहरु पनी खुबै डराउन्थेउ । विहान बेलुका अरु आवाज केही सुनिदैन थियो । त्यही बम पड्कीएको र गोली चलेको । गाँउका सबै जान्ने बुझ्नेहरु र ससाना बालबालीकाहरु समते डराउनुसि बाहेक विकल्प थिएन । कहिले तत्कालीन माओबादीहरुले सताउने कहीले नपाली सेना र प्रहरीहरुले, हामीहरु दुई ढुङ्गा विचको तरुल जस्तै थिएउ । संकटकाल लागेको थियो । म ५।६ बर्षको उमेरको थिए । घरमा बुबा दाजु, सानो भाई र दिदि थिएउ । आमा थिईन या थिईनन्, मलाई त्यती याद छैन । भाईलाई तुफान सिहँ भनेर बोलाथे । दाईलाई मैले देख्न नि पाईन । बुबाले दाईलाई भारत तर्फ पठाउनु भएको थियो रे ।

एक दिन माओबादी गाँउमा पसे । मलाई र मेरा दिदिलाई साथमा लिएर गए । मेरो दिदिको नाम मन कुमारी भनेर बोलाउन्थे । दिदि १४।१५ बर्ष उमेरको हुनु हुन्थ्यो होला । भाई र बुबा कता लुक्नु भयो थाहा भएन । दिदि र मलाई माओबादीले छोडेनन् । मेरो दिदिले मलाई खुबै माया गुर्नु हुन्थ्यो । सानो भाईलाई साथमा लिए पछि माओबादीले घर फर्काहाल्छ भनेर मेरो दिदिले मलाई संग संगै लिनु भयो । तर माओबादीले नमलाई छोड्यो नत दिदिलाई नै । माओबादीको सामान बोकेर हामी जंगल जंगल हिड्थेउ । हामीलाई गाँउ बाट ल्याउदा खेरी रात परेको थियो ।

एक दिन रोल्पाको लिबाङ्ग भन्ने ठाँउमा नेपाली सेना, नेपाल प्रहरी र माओबादी विच दोहोर भिडन्त भयो । दिदि त्यही भिडन्तमा मर्नु भयो । अनि मलाई साथमा लिने र बोक्ने मान्छे कोही भएनन् । दिदि र म करिब २।३ बर्ष जति माओबादी संग संगै हिडेउ हौला । अनि दिदिको मृत्य पश्चात म दाङको होलेडी सुरपाल जंगल बाट भाग्न सफल भए । घर जाने धेरै कोषिस गरे सकीन । न बाटो चिन्न सके घर सम्म पुर्याई दिन धेरैलाई हार गुहार गरे । धेरै जस्तोले मैले नै पाल्छु बाबु भन्न थाले । तर घर जाने बाटो र घर पुर्याई दिन्छु कसैले भनेनन् । त्यहाँ बाट म घोराही तर्फ आए । कहिले सडक पेटीमा, कहिले विच जंगलमा जहाँ पायो त्यही सुत्दै सडकमा जेपायो त्यही खादै पेट पाल्न थाले । पछि अलिकति ठुलो भए पछि । कसैको होटेलमा भाँडा माझेर, कसैको भारी बोकेर, कसैको जीप बसमा खलासिको काम गरेर एक छाक खाने र एक सरो कपडा लगाउने कोसिस गर्न थाले । अहिले सुदुरपश्चिम प्रदेशको कैलालीमा बस्दै आएको छु । अहिले कामको सिलसिलामा बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका पुग्नु भएका प्रकास(काले)ले बताए ।


सानै उमेरमा काले भनेर बोलाए पनि अहिले प्रकास भनेर उनका साथीहरुले बोलाउने गरेका छन् । उनलाई आफ्नो ठेगाना र थर समेत राम्रो संग थाहा नभएको बताउन्छन् । अहिले २०।२१ बर्ष उमेर पुगेका प्रकास(काले)लाई कसैले चुल्ठे र कसैले प्रकास भनेर बोलाउन्छन् । गाँउ घरको बारेमा आफुलाई सबै कुरा राम्रो संग याद नभएको तर आफ्नो घरको पुर्व पट्टी बाट हिमाले देखीने, सानो भाईलाई तुफान सिहँ भनेर अभिभावकले बोलाउने गरेको याद उनलाई छ । साथै आफ्नो घरमा मात्रै त्यती बेला १०।१२ भन्दा बढी स्याउका बोटहरु रहेको र घर भन्दा माथि लेकमा समेत प्रसस्त स्याउका बोटहरु भएको उनको भनाई छ । घर बाट लेख सम्म पुग्न उकालो बाटो भएर ३।४ घण्टा हिड्नु पर्ने उनि बताउन्छन् । सानैमा आफ्नो बुबाले १।२ पटक बोकेर लेक सम्म स्याउ फल्ने ठाँउ सम्म आफुलाई लिएको याद छ । आफ्नो गाँउ बाट करिब ६।७ किलो मिटर टाढा खोला थियो । उक्त खोला बाट आधा घण्टा पछि स्कुल आउन्थ्यो । गाँउ नजीकैको खोलालाई चिउरा गाड खोला भन्थे । जो बर्खा धेरै आउने र हिउदको समयमा सानै हुन्थ्यो । मलाई यती मात्रै याद छ । अहिले पनि म आफ्नो ठाँउ सम्म पुग्न सके चिन्न सक्छु भन्ने मलाई लागेको छ ।


मेरा अभिभावकहरुले त मलाई खोजी गरे गरेनन् थाहा छैन । या मरि सक्यो भन्ने भएको पनि हुन सक्छ । तर म जीवित छु । ५।६ बर्षको उमेर देखी अभिभावकको खाजीमा म छु । म जहाँ गए त्यहाँ जान्ने बुझ्नेहरु संग मलाई मेरो गाँउ सम्म पुर्याई दिन गुहार गर्छु अनुरोध गर्छु । सबै ठेगाना राम्रो संग आफुलाई थाहा नभएका कारण अहिले सम्म आफ्नो गाँउ, घर परिवार संग तड्पी तड्पी बाँच्नु परेको उनले बताए ।
अझै पनि मेरा घर, गाँउ जाने आश मरेको छैन । अहिले पनि गाँउ घरको याद आई रहन्छ बाल्यकालमा खेलेको सबै कुरा याद नभए पनि केही केही कुरा मात्रै याद छ । गाँउकै डम्बर,कलम सिहँ भन्ने मेरो साथी पनि थिए ।


खप्तड छान्ना गाँउपालिकाको कार्यालय निर्माण गर्न पुगेका प्रकास(काले)ले भनेको कुरा हो । गाँउपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले कहिलो उमेरमा पढ्न छोडेर किन मजदुरी गर्न बझाङ पुग्नु भयो ? भन्ने प्रश्न गर्दा उनले यो घटना बताएका हुन् । गाँउपालिकाका अध्यक्ष रोकायाले उनलाई उनको घर सम्म पुर्याउने कोसिस गर्छु भनेपछि उनि घर जानेसपना देख्दै निकै खुःसी भएका छन् । गाँउपालिकाका अध्इक्ष रोकायाले प्रमुख जिल्ला अधिकारी संग समेत यस विषयमा छलफल गरेको बताए । यदि प्रकाश (काले) को गाँउ घर पत्ता लागे गाँउ घर सम्म पुर्याउने सबै खर्च आफ्नो गाँउपालिकाले बेहोर्ने अध्यक्षको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उक्त खबर सम्बन्धित जिल्लालाई पठाई सो बारेमा बुझ्न लगाएको तर उता बाट कुनै खबर नआएको बताए । प्रकास(काले) अहिले पनि एक्लै छन् । उनि राम्रो संग बोल्न समेत डराउन्छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्