लोससेडिङ गरेर जनतालाई दु:ख दिने, पठ्यारोमा पार्ने जो कोहीलाई छोड्दिन- कुलमान घिसिङ

label समाचार प्रकाशक query_builder April, 15 2019

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउने व्यक्ति सक्रिए भएपनि कुनै हालतमा लोडसेडिङ भने हुन नदिने प्रतिवद्धता जनाएका छन् । माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा कुराकानी गदै कार्यकारी घिसिङले यस्तो बताएका छन् । गत सोमवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको आरोप लगाए । उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदैा विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने समेत उनले स्पष्ट पारे

खरो प्रश्नमा कुरा गदै कार्यकारी निर्देशक घिसिङले कसैको नाम नलिई विगतमा लोडसेडिङ गराउने तत्व आफुहरुलाई असफल बनाउन लागि परेको समेत फेरी दोहोर्याए । कुलमानलाई काम गर्न नदिने को हो ? के नेपालमा फेरि लोडसेडिङ हुदैछ ? नेपालको विद्युत भारतले किन्ला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग गरेको कुराकानी हेर्नुहोस् :भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्