मेस्सीको २ सानदार गोलका कारण बार्सिलोनाले जित दर्ता, प्रवेश गर्यो सेमिफाइनलमा

label समाचार प्रकाशक query_builder April, 17 2019

एजेन्सी – गए राति युरोपियन च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाइ हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।बार्सिलोनाको घरेलु मैदान कयाम्प नोउमा भएको उक्त रोमान्चक खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हराएको हो ।उक्त खेलको १६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यसपछी मेस्सीले गोल गरेको ४ मिनेटपछि फेरी मेस्सीले नै गोल गरे ।पहिलो हाफमा नै मेस्सीको दुई गोलले अग्रता पाएको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो ।उक्त खेलको ६१औं मिनेटमा बार्सिलोनाका फिलिपे कोउटिन्होले गोल गर्दै ३–० को गोल अग्रता बनायो । त्यसपछी भने दुबै तर्फबाट कुनै गोल हुन सकेन।

तपाईंको प्रतिक्रिया दिनुस्