विप्लव नेतृत्वको नेकपा द्वारा भोलि बैशाख ५ गते नेपाल बन्दको घोषणा !

label समाचार प्रकाशक query_builder April, 17 2019

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो ।

आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो । ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको सो समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन् । सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो ।

विप्लवले बैशाख २ गतेबाट सुरु हुने कार्यक्रमको पहिलो दिन कोण सभा, बैशाख ३ गते अन्तरकृया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द र बैशाख ६ गते देखी प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको कार्यक्रमहरु आयोजना गर्ने बताएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्