श्रम रोजगार मन्त्रि गोकर्ण बिष्टले बेरोजगार युवाको हातमा सावेल र गैंची थमाइदिए

label समाचार प्रकाशक query_builder April, 18 2019

बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले प्रत्येक नागरिकको पाखुरामा समृद्धि रहेको धारणा राख्दै गृहजिल्ला गुल्मीका बेरोजगारहरुलाई सडक मजदुरीको जिम्मेवारी सुम्पिँदै उनीहरुको हात–हातमा सावेल र गैंची थमाइदिएका छन् ।

मन्त्री विष्टको सुझावमा मुसिकोट नगरपालिकाले नगरभित्रै रोजगारी सिर्जना गर्न ९० जना (लेन्थ वर्कर) सडक मर्मत सम्भार, स्वयंम सेवक नियुक्त गरि उनीहरुलाई सो नगरपालिकाले मन्त्री बिष्टद्वारा नियुक्तीपत्र, सावेल र गैंची हस्तान्तरण गराएको हो ।

एउटै नगरपालिकाले एकै साथ ९० जना बेरोजगारहरुलाई रोजगारी दिलाएकोप्रति मन्त्री विष्टले नगरपालिकालाई धन्यवाद दिँदै यसरी नै हरेक क्षेत्रमा हरेक स्थानीय तहले रोजगारी सिर्जना गर्ने गरि संघीय सरकारले नीति समेत बनाउन लागेको बताए ।

सरकारले अबदेखि कोही पनि बेरोजगार बस्न नपर्ने गरि काम गरिरहेको बताउँदै उनले नवनियुक्त सडक मजदुरहरुलाई सम्वोधन गर्दै भने– ‘हामी प्रत्येक नागरिकले जाँगर देखाऔं, प्रत्येकले एउटा न एउटा काममा दखल राखौं । अहिलेको तीनै तहको सरकार बेरोजगारलाई रोजगार दिन तयार अब सबै जना तयार हौं ।’

उनले हरेक विकास निर्माणमा मेसिनको प्रयोग कम गर्दै बेरोजगारहरुलाई रोजगारी सिर्जना गर्न अन्य स्थानीय सरकारलाई समेत अपिल गरे ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरभित्रै रोजगारी सिर्जन गर्न नगरका ९ वटा वडामा १० जनाका दरले लेन्थ वर्कर खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गरिएको बताए ।

कुल १ सय २८ जनाको आवेदन परेकोमा ९० जना प्रतिस्पर्धामा उत्तीर्ण गरिएको, उनीहरुलाई दक्ष बनाउनका लागि एक हप्ते तालिम दिलाइने सकेत मेयर सापकोटाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुस्