विप्लव समूहद्वारा दुईवटा गाडीमा पेट्रोल छर्किएर आगजनी , गाडी पूर्ण रुपमा क्षति

label समाचार प्रकाशक query_builder April, 18 2019

काठमाण्डौ – आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब उपत्यकासहित देशभरी परेको छ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चलेका छन् ।त्यस्तै आज विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा मिनि ट्रकलाई रोकेर पेट्रोल छर्किएर आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनपुरका अनुसार हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले आगजनी गरेका अुन् ।त्यस्तै मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्