किन बौलाउदैछ केपिको समूह ? बुढानिलकण्ठ मन्दिरमा हप्तौंसम्म रहेको फ़ोहोर हिजो राती सफाइ गरेपछि ?

label समाचार प्रकाशक query_builder April, 18 2019

म बद्लिन्छु अनि मेरो देश बदलिन्छ भन्ने भावका साथ क्लिन काष्ठमण्डप अभियान सुरुवात गर्दै चर्चाको शिखरमा पुगेको देशका कान्छा अभियान्ता केपि खनालको समूह आजभोली रोचक तरिकाले सफाइ गरिरहेका छन् ,

केही दिन अघि मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालका शौचालय सफाइ गरेर अझै धेरैको साथ पाएका बेला आराम नगर्दै हिजो राती पुन बुढानिलकण्ठ मन्दीरको गेटमै हप्तौंसम्म फ़ोहोर नउठेपछि भक्तजनलाइ स्वस्थमा असर पर्ने देखेर राती १० बजे केपि खनाल सङगै सचिन पाण्डे,अर्जुन पोख्रेल र अनिश धिताङगले मात्रै करिव एक घन्टा लगाएर सफाइ गरेका थिए ।

सफाइ गर्दै उनीहरुको एउटै भनाइ थियो मन्दिरमा पुजा गर्नेले जन्मभूमिलाई नि पुजा गर्न सक्नुहोस ।साथै केपि खनालकै समुहको कदममा बाजुरामा अनाथ आश्रम निर्माण भइरहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्