आजको बन्दको कस्तो प्रभाव परेको छ ? गाडी चलेका छन् कि छैनन् ?

label समाचार प्रकाशक query_builder April, 18 2019

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार मुलुकभर बन्दको आह्वान गरेको छ । जसको मुलुकभर नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभरी नै फाट्टफुट्ट मात्र सवारी साधन सञ्चालनमा आएका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।

यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । यता सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

तर यता सुदूर पश्चिम प्रदेशमा भने सुमसान रहेका छन, मुख्य बजार केही मात्रामा खुले पनि गाडी भने चलेका छैनन।

तपाईंको प्रतिक्रिया दिनुस्