विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान सँगै देशभरका बिभिन्न ठाउमा बम बिस्फोट

label समाचार प्रकाशक query_builder April, 18 2019

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन बिहीबार चितवनका विभिन्न तीन स्थानमा सिलिन्डर बम बिस्फोट भएका छन् । तर, उक्त बम विस्फोटबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१८ भीमनगरमा खेतमा लागेर सिलिन्डर बम बिस्फोट गराएका हुन् । भौतिक क्षति नभए पनि बिस्फोटका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् ।

यसैगरि कालिका नगरपालिका–८ कालिका मन्दिर नजिकै बिहान ४ बजेतिर सिलिन्डर बम पड्किएको हो । त्यहाँ पनि ठूलो क्षति भने भएको छैन ।

यस्तै खैरहनी नगरपालिका–२ चैनपुरमा खोलामा लगेर सिलिन्डर बम नै बिस्फोट गराइएको र बिस्फोट गराउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिकाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्