गायक प्रमोद खरेलको ‘झुमा झुमा’ मा प्रिन्सी र प्रिज्मा (भिडियोसहित)

label सुदूर खबर संवाददाता query_builder April, 19 2019

काठमाडौँ, बैशाख ६ । गायक प्रमोद खरेलले ‘झुमा झुमा’ दर्शकबीच ल्याएका छन् । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका हुन् ।

चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माको यो दोस्रो म्युजिक भिडियो हो ।

झुमा झुमामा हिमांशु रायमाझीको शब्दमा भीम बिसीले संगीत भरेका छन् । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् ।

गायक खरेलको ओइ झुमा, चल बतास चल, लाइदेऊ न मायाले, यो कुरा गोप्य, मुस्किल छ पोखरामा लगायत थुप्रै गीतले दर्शकको मन जितेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् : https://youtu.be/pUOE-I6AcA4

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।