यस बर्षका लागि यी ३ राशिका ब्यक्तीहरुलाई साढेसातको दशा चल्दै, यसरी पन्छाउनुहोस अढाया दशालाई

label समाचार प्रकाशक query_builder April, 20 2019

हरेक ग्रहको स्थिति र राशि परिवर्तनले सबै राशिलाई केहि न केहि असर पारी रहेको हुन्छ। यस्तै शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। मानिसहरु शनिको साढे सातको दशा भन्ने बितिकै डराउने गर्छन्। तर सबै अवस्थामा भने शनिको साढे सातको दशाले नराम्रो गर्छ भन्ने हुँदैन केहि अवस्थामा साढे सातको दशाले धेरै लाभ पुर्याउन सक्छ।

वास्तवमा शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै निर्कुल गर्न सकिन्छ। तर ज्योतिषहरुले ज्योतिष गणनाको आधारमा शनिको साढे सातको दशा कुन राशिमा चल्न सक्छ भनेर आकलन गर्ने गरेका छन्।

शनिको स्थितिले हरेकको जीवनमा ठूलै महत्व राख्ने गर्छ। ज्योतिषशास्त्रीहरुको अनुसार वृश्चिक, धनु, एवम् मकर राशिहुनेहरुको कुण्डलीमा २०१९ भर शनिको साढे सातको दशा चल्न सक्छ।

शनि ग्रहलाई ढिला चल्ने ग्रहको रुपमा चिन्ने गरिन्छ। शनि लगभग २.५ वर्षसम्म एक राशिमा हुने गर्छ। २०१९ भर यी तीन राशिमा शनिको साढे सातको दशा चल्ने हुँदा यी तीन राशिलाई कस्तो लाभ मिल्छ होला ?

शनिको साढे सातको दशा दुई किसिमको हुने गर्छ। कुण्डलीमा शनि शुभ अवस्थामा रहेको समयमा साढे सातको दशा चल्यो भने त्यस व्यक्तिलाई लाभै-लाभ मिल्छ। यस्तो अवस्थामा शनिले सम्पूर्ण क्षेत्रमा लाभ दिलाउन सक्छ। जीवनमा सफलताको शृंखला शुरु हुन सक्छ।

तर यसको ठिक विपरित कुण्डलीमा शनि अशुभ अवस्थामा रहेको समयमा साढे सातको दशा चल्यो भने त्यस व्यक्तिलाई दुखै-दुख मिल्न सक्छ। समस्या बढ्ने मात्र नभई कंगाल बनाउन पनि शनि पछि हट्दैन।

यस कारण शनि कस्तो अवस्थामा छ भन्ने बारे भने ज्योतिषशास्त्रीहरुले कुण्डलीको अध्ययन पछि मात्र भन्न सक्छन्।

तपाईंको प्रतिक्रिया दिनुस्