विश्व चर्चित गायिका एडेलको सम्बन्ध विच्छेद

label सुदूर खबर संवाददाता query_builder April, 20 2019

विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेद भएको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेका हुन् । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जारी वक्तव्यमा एडेल र साइमल छोराको संयुक्त रुपमा पालनपोषण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । एडेलले सन् २०१२ छोरा एन्जेलो जन्माएकी हुन् । उनले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१६ मा साइमनसँग विवाह गरेकी हुन् ।

उनीहरुले गोप्य र निजी समारोहमा विवाह गरेका थिए । दुवैले सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन् र आफूहरुको वैयक्तिक गोपनियताको सम्मान गरिदिन आग्रह गरेका छन् ।

एडेलले आफ्नो विवाहबारे पहिलोपटक सार्वजनिक रुपमा सन् २०१७ को ग्रामी अवार्ड लिने बेला बोलेकी थिइन् । उनले त्यो बेला श्रीमान साइमनलाई धन्यबाद दिएकी थिइन् ।

उनका १९, २१ र २५ गरि तीन एल्बम छन् । उनको पहिलो एल्बम सन् २००८ मा सार्वजनिक भएको थियो । उक्त एल्बमका चेसिङ्ग पेभमेन्ट र होमटाउन ग्लोरी बेलायतको टार्चमा पहिलो नम्बरमा पुगेका थिए ।

त्यसपछिको दोस्रो एल्बम अमेरिका र बेलायतसहित विश्वका ३० देशको चार्टमा पहिलो नम्बरमा पुगेको थियो । उनको तेस्रो एल्बम, २५, पहिलो हप्तामै कीर्तिमानी ८ लाख प्रति बिक्री भएको थियो । उक्त एल्बम सन् २०१५ को सबैभन्दा बढि बिक्री हुने एल्बम बनेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।