रामेछापमा धावनमार्गबाट चिप्लियो तारा एयरको जहाज

label सुदूर खबर संवाददाता query_builder April, 22 2019

रामेछाप, बैशाख ९ । फाप्लामा अवतरणा गर्न नसकेर रामेछाप डाइभर्ट भएकाे तारा एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान ९ बजेर ३८ मिनेटमा अवतरणका क्रममा उक्त डोर्नियर विमान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।

दुर्घटनामा मानवीय क्षति भएको छैन।दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन।उक्त विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबावु तिवारीका अनुसार उक्त विमान काठमाडौंबाट फाप्लुका लागि उडेको थियो । फाप्लुमा अवतरण गर्न नसकेपछिजहाज रामेछाप डाइभर्ट भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।