स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति अस्पतालमा

label सुदूर खबर संवाददाता query_builder April, 22 2019

काठमाडौं, बैशाख ९  । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् ।

अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।

राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन।बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।