संघीयता सकसः तीन तह समन्वय गर्न परिषद् गठन गर्ने

label सुदूर खबर संवाददाता query_builder April, 23 2019

काठमाडाैं, वैशाख १० । सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद् गठनको प्रस्ताव ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले त्यसका लागि विधेयक संसदमा दर्ता गराएको छ ।

मुलुक संघीय संरचनामा गएपछि तीनवटै तहका सरकारले एकैसाथ काम गरिरहेको वर्ष दिनभन्दा बढी भइसकेको छ । तर, तीन तहबीच छलफलका लागि औपचारिक थलो छैन । जसकारण एक पटक पनि तीनै तहका प्रतिनिधिबीच एकैसाथ बस्न सकेका छैनन् ।

संविधानको धारा २३५ (१)ले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न संघीय संसदले आवश्यक कानुन बनाउने भनेको छ । सरकारले संविधानको त्यही धाराअनुसार तीन तहबीच समन्वयका लागि राष्ट्रिय समन्वय परिषद् गठनको प्रस्ताव ल्याएको हो । आजको कान्तिपुरमा खबर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।