सरकारको आलोचनामा खर्चने समय देश निर्माणमा लगाउनुहोस् : प्रधानमन्त्री

label सुदूर खबर संवाददाता query_builder April, 23 2019

काठमाडौं,  बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न आह्वान गरेका छन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं वर्षका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्धिको साझा यात्रामा सहभागी भएर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।

उनले वर्तमान सरकारकै पालामा मुलुक समृद्ध बन्ने दाबी पनि गरे । सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाउन पनि उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्र समृद्धिको मुख्य आधार भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।

पासाङ ल्हामु देशकै प्रतिष्ठा भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । कार्यक्रममा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मानसमेत गरे । पर्वतारोही पासाङ ल्हामुको सम्झनामा प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।