भारतमा दोस्रो अम्बानी भनेर चिनिने बलिउडका सबै भन्दा धनी कलाकार के गरी अर्बौ पैसा कमाउछन त ?

label समाचार प्रकाशक query_builder April, 27 2019

एजेन्सी,   बलिउडका अभिनेता तथा अभिनेत्री कमाईको हिसाबले कुनै उद्योगपति भन्दा कम हुँदैनन् । कमाइकै कारणले उनीहरुको जीवनशैली पनि कम लोभलाग्दो हुँदैन । तर यीमध्य पनि एक अभिनेता हुन् सुनिल सेट्टी । जो बलिउडका सर्वाधिक धनि कलाकार हुन् । त्यसैले त उनलाई भारतका दोस्रो अम्बानी भनेर पनि चिनिन्छ ।

हुन त सुनील शेट्टी लामो समयदेखि बलिउडबाट टाढा रहेका छन् । कुनै समय एक्सन हिरोको उपाधि पाएका उनी लामो समयदेखि चलचित्रमा देखिन छाडेका छन् यद्यपि उनी सम्पतिको हिसाबले दोस्रो अम्बानीको रुपमा चिनिन्छन् ।

इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाँकी फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन् ।

सुनिल राम्रो अभिनेता मात्र होइनन् उनी एक सफल व्यावसायी पनि हुन् । उनको वार्षिक कमाई १०० करोड भन्दा बढी हुने स्रोतले उल्लेख गरेको छ । उनको ‘रेस्टुरेन्ट’, ‘प्रोडक्सन हाउस’, ‘कपडाको बुटीक’ जस्ता व्यवसाय रहेको छ । उनी सामाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् ।

फिल्मबाट टाढिएका सुनिलले खेलमा आफ्नो ध्यान केन्द्रित गरे । उनले अन्य स्टारसँग मिलेर ‘सेलिब्रेटी क्रिकेट लीग’ को लागि टीम किने जसको कप्तान उनी आफै हुन् । सुनिल शेट्टीले नै बलिउडमा फिल्मसँग सँगै व्यवसायलाई पनि अगाडि बढाउने सँस्कारको विकास गरेका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्