माया – ममता र स्नेहकी खानी आमा, आज आमाको मुख हेर्ने दिन

label समाचार प्रकाशक query_builder May, 04 2019

वैशाख २१–मातातिर्थ औसी,शनिवार
आजआमाको मुखहेर्ने दिन । यसदिनलाई विशेष दिनका रुपमालिने गरेको पाईन्छ । आजको दिन सबैले आआफ्ना आमा,सासुआमा, अन्टी र भाउजुलाई मिठो मिठो खाने कुराहरु खुवाउने तथाविभिन्नउपहार दिने गर्दछन ।
९ महिनाआफ्नो कोखमा राखीविभिन्नदुख कष्ट सहेर आफ्नो जीवन सन्तानको लागि सुम्पिएर भएपनि सन्तानलाई जन्मदिने गर्दछिन आमा । त्यसैले आमामहान छिन् ।आजको दिन हरेक सन्तानले आआफ्ना आमा, सासुआमा, अन्टीलाई खुसीबनाउने, उपहार दिने र देश, विदेश टाढा बसेका भए घरमाआमालाई भेट्न आउने गरेको पाईन्छ । नाताले कसैकी छोरी, दिदि, बहिनी, फुपु, अन्टी, भतिजी, भान्जी, सालीभएपनिएकदिन वैवाहिकसम्बन्धमागासी, आफ्नो पोईली पट्टीको वंशलाई निरन्तरतादिने परम्परालाई पुरा गर्न बच्चाजन्माउने गर्छिन रएकदिनआफ्नो सन्तानको आमाहुन पुग्छिन् ।भनिन्छ , पुण्य कमाउनधामगईराख्नु पर्दैन, मात्रआफ्नो आमाबुवाको सेवागर्नुहोस ।

सन्तानहरुमा अनुरोधः
यस दिनलाइ विशेषदिन माने पनि आजको दिनमात्र आमालाई माया,खुसी, उपहार दिने नभई सधै आफुलाई निश्वार्थ मायागर्ने, सहि मार्गदर्शन देखाउने र यो संसार देखाउने आमालाई सधै मायागर्नुहोस् । आफु वैवाहिक सम्बन्धमा बाधिएपछि धेरैलेआमाप्रतिको माया, सदभावना र कर्तव्यमाकमिभएको पाईन्छ । त्यसैले आजको दिनमात्रविभिन्न सामाजिक सञ्जालमा Status र Photo upload नगर्नुहोस । तपाई हामी सबैकीआमामहान हुनुहुन्छ । यदिआमा संग मनमुटाब भएको छ भने, आजैबाट माफिमागी आमालाई खुसि बनाउनुहोस र आफ्नो कर्तव्य पुरा गर्नुहोस । बुहारीले सासु आमालाई आफ्नै आमा सम्झीमाया र बुहारीको कर्तव्य पुरा गर्नुहोस । सम्पतिले जतिधनीभएपनि छोराछोरी र बुहारी संग मनमुटाब भई आफ्नो घर छोड्न बाध्यभई, वृद्धाआश्रम बस्नुपरेको छ तिमहानआमाहरुले, त्यसैले तपाई, हामी सबैले आफु छोरा, छोरी र बुहारी हुनुको कर्तव्य पुरा गरौ ।

आमाहरुमा अनुरोधः
नेपाली समाजमा लैङ्गिक भेदभाव धेरैनै भएकोपाइन्थ्यो तर आजभोलीअलिकमभएपनि छोराछोरी र बुहारी प्रतिगरिनेव्यवहार, जिम्मेवारमाभिन्नतापाईन्छ, त्यसैले सबै आमाहरुले जजसले आमाभनेर सम्बोधन गर्दछन् त्यसको अर्थ राखिदिनुहोस र छोराछोरी, बुहारी सबैलाई समानमाया, शिक्षादिने गर्नुहोस । छोरी अर्काको घरमा जान्छे, के नै गर्लिभन्ने गलतधारणालाई हटाउनुहोस ।सबै छोरी कमजोर छैनन् । छोराछोरी,बुहारी प्रतिको माया, सोच व्यवहारमा फरक छ भने कसरी छोराछोरी र बुहारीले गर्ने व्यवहार र माया एउटै होला ।अधिकाशं नेपाली समाजमा छोराले बुहारी ल्याईसकेपछि विभिन्न कारण सम्बधमा खटपटहुनगई टाढेर बसेको पाईन्छ , त्यसैले आफ्नी सबै बुहारीलाई ऊ पनि कसैकी छोरी हो भनेर आमाले गर्ने व्यवहार गर्नुहोस ।

नामःअमित बम
ठेगानाःटीकापुर, कैलाली
सम्पर्कः ९८४३६०८१९४
कलेजः नेपालकलेज अफ ईन्फरमेशन टेक्नोलोजी, बालकुमारी

तपाईंको प्रतिक्रिया दिनुस्