२०२० का लागि डिभी चिठ्ठाको रिजल्ट मंगलबार साँझ सार्वजानिक हुँदै

label समाचार प्रकाशक query_builder May, 05 2019

सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा बैशाख २४ गते मंगलबार सार्वजनिक हुने भएको छ ।

सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म खुलाइएको फारमको नतिजा मंगलबार सार्बजनिक हुने भएको हो ।

डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । त्यतिन्जेलसम्म भिसा प्राप्त गर्न नसक्नेहरुको लट्री स्वत खारेज हुनेछ ।

अमेरिकी सरकारले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

DV चिठ्ठा हेर्नको लागि यहाँ क्किक गर्नुहोस 

तपाईंको प्रतिक्रिया दिनुस्