अभावै अभावले थिचिएको ‘डडेल्धुरा अस्पताल’

label प्रकाश पार्की query_builder May, 05 2019

डडेल्धुरा, बैशाख २२ । सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्ला सदरमुकाममा २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना भयो। त्यतिबेलाको उपक्षेत्रीय अस्पतालले ०७० असार १ गतेबाट आफ्नो सेवा शुभारम्भ ग¥यो।

कसरी भयो उपक्षेत्रीय अस्ताल?
यो अस्पताल उपक्षेत्रीय हुनु अगाडि पहिले टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा स्थापना गरिएको हो।

यहाँका स्थानीय, राजनीतिक दलका नेताहरुको पहलमा त्यतिबेलाको टिम अस्पताललाई सरकारले उपक्षेत्रीय अस्पताल घोषण ग¥यो। तत्कालिन उपक्षेत्रीय अस्पाल सय शय्याको हो। त्यतिबेला अस्पतालमा १०९ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत भयो। जसमा २० जना मेडिकल अफिसर हुन् भने १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी हो यहाँ।

संघ, प्रदेश सरकार र फेरि संघ मातहत
तत्कालिन उपक्षेत्रीय अस्ताल संघीय सरकार मातहतमा रहेको थियो। देश संघीय संरचनामा गएसँगै यो अस्पताल पनि प्रदेश मातहतमा आयो।

६ वर्षअघि स्थापन भएको उपक्षेत्रीय रुपमा स्थापना भएको यो अस्पताल गत असारमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तरगत रहने भनेर परिपत्र आयो। र, त्यहिँ अनुसार यो अस्पताल प्रदेश मातहतमा रह्यो।

अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले चलिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए। तर, फागुनयता केन्द्र सरकारले थप सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट नपठाएको उनले जानकारी दिए।

मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय ग¥यो।

योसँगै मोरङको कोषी अञ्चल अस्पताल, पर्साको विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल असप्ताललाई ’विशिष्ट विशेषज्ञ अस्पताल’का रुपमा स्तरोन्नति गर्ने निर्णय सरकारले गरिएको हो।

स्तरोन्नति भएपछि अब सबै ५ वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा संघीय सरकारले उपलब्ध गराउनेछ। केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइएको छ।

दरबन्दी १९, विशेषज्ञ चिकित्सक ३ जना मात्रै
यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर यहाँ तीजना मात्रै विशेषज्ञ चिकित्सक रहेको डा. कँडेलले जानकारी दिए।

‘यहाँ अहिले म लागेर तीन जना विशेषज्ञ चिकित्सक छौँ। एकजना सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पठाएको छ।’ उनले भने–‘असार मसान्तसम्मका लागि एकजना पठाएको हो मन्त्रालयले। हाल अस्पतालमा मेडिकल अफिसर लगाएर १३ जना छौँ।’

३० स्टाफ नर्समध्ये १३ जना मात्र कार्यरत अस्पतालमा पछिल्लो समय ४ जना पनि छैनन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनको भनाइ छ। ‘यहाँ भएको जनशक्ति गएको ६ महिनाभन्दा बढी भइसकेको छ। मन्त्रालय वा विभागबाट थप जनपशक्ति पठाइएको छैनन्।’ उनले भने। जनशक्ति अभाव भएपनि सेवा भने आफूहरुले दिइरहेको उनले जानकारी दिए।

कर्मचारी समायोजन गर्दा यहाँका चिकित्सवहरुको सरुवा गरेको तर माथिबाट आवश्यक कर्मचारी नपठाएको कँडलले बताए। ‘न लोकसेवा खुलेको छ, न प्रदेशले पठाउँछ न विभागले।’ उनले भने–‘यहाँका १४ जना कर्मचारी सुरुवा गर्दा एकजना मात्रै पठायो, त्यसमै पनि विभेद भयो।’

एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरिएका डा.कँडेलले विभिन्न समस्याका बाबजुद पनि अस्पतालले सेवा प्रदान गरिरहेको जानकारी दिए। कर्मचारी समायोजना गर्दा सरकारले आफूले दिने सेवाबाट समेत बञ्चित गराएको आरोप छ।

‘एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा गएर मैले यहाँ दिइरहेको सेवाबाट समेत बञ्चित हुन्छु। प्राथमिक स्वास्थ्य केन्द्रमा ओटी समेत व्यवस्था छैन। यहाँ गएर मैले के गर्ने?’ उनले प्रश्ने गरे। ‘यो कुरामा सरकारले सोचिदिएको भए हुन्थ्यो।’ उनले भने।

हात नै बाँधिदिने गरी गरिएको समायोजनले आफूलाई अप्ठ्यारो महसुस भएको उनको भनाइ छ। उनले अहिलेसम्म आफूलाई समायोजनको पत्र भइ नसकेको बताए। उनले भने, ‘सरुवा पत्र आउनेबित्तिकै हिँड्नुपर्ने भएपनि अस्पतालमा छँदासम्म सेवा भने दिइरहने छौँ।’

पछिल्लो समयमा खस्कँदै सेवा
तल्कालिन उपक्षेत्रीय अस्पतालले जति सेवा सुविधा दिनुपर्ने हो त्यति सेवा भने दिन सकिरहेको छैन। यहाँको सेवा पछिल्लो समयमा खस्कँदै गएको छ। कार्मचारीको अभाव, भौतिक संरचनाको समेत अभावले गर्दा दिनुपर्ने जति सेवा दिन नसकिरहेको हो।

कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन्।

सुदूरपश्चिमको सबैभन्दा ठूलो सेवा क्षेत्र रहेको अस्पतालको नाम यो बीचमा पटकपटक फेरियो तर सेवासुविधामा अनुभूति हुने गरी सुधार देखिँदैन। कहिले प्रदेश त कहिले संघीय सरकार मातहत राख्दा अन्योलमा परेको अस्पताललाई अहिले संघिय सरकार मातहतमा राखिएको अस्पताललाई अहिले फेरि केन्द्र सरकारबाट सञ्चालन गरिने भनिएको छ।

संघियता लागू भएलगत्तै प्रदेश मातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारको मातहतमा राखिएको छ। तर अहिले झन अस्पताल अस्तव्यस्त बनेको सेवाग्राही पार्वती भुकालको गुनासो छ।

‘यहाँको सेवा विस्तार खकिँदै गएको छ।’ उनले भनिन्,–‘प्रदेश, संघ मातहतमा गइरहँदा सेवा खस्केको जस्तो लाग्छ। प्रदेश, संघ मातहतमा गइरहँदा सेवा खस्कियो।’

जस्ताका छानोमुनि सेवा
उपक्षेत्रीय अस्पताल घोषण गरेको ६ वर्ष पुग्दा समेत अस्तालसँग राम्रो स्तरीय भवन छैनन। अहिले पनि भवन अभाव नै रहेको डडेल्धुरा अस्पतालको सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

‘यो अस्पताल सय शय्याको भइसके पनि हालसम्म पनि सय शय्याको भवन यहाँ छैनन्।’ सूचना अधिकारी पन्तले भने–‘पुरानै भवनबाट सेवा दिइरहेका छौँ।’जस्तापातालेले छाएको भवनाबाट अस्पताल दिने सेवा दिइरहेको हो।

अस्तापले ओपिडी, इमेरजेन्सीलगायतका सेवा जस्तापाताले छाएको भवनबाट प्रदान गरिरहेको उनले जानकारी दिए। अहिले सय शय्याको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको उनले बताए। भवन निर्माणका लागि काम समेत अगाडि बढिसकेको उनले जानकारी गराए।

तपाईंको प्रतिक्रिया दिनुस्
प्रकाश पार्की

प्रकाश पार्की

पत्रकार पार्की सुदूरखबरका डेस्क सम्पादक हुन्। उनी समसामयिक विषयमा कलम चलाउनुका साथै फिचर लेखनमा रुचि राख्छन्।