साउथ मुभीमा दददबा मच्चाएका पवन कल्याण फेरी ठुलो पर्दामा आउदै, एडभान्स मात्रै ३० करोड

label समाचार प्रकाशक query_builder May, 08 2019

फिल्म उद्योग हुँदै राजनीतिमा लागेका पवन कल्याण फेरि ठूलो पर्दामा आउन सक्ने देखिएको छ । जन सेना चीफसमेत रहेका पवन कल्याणले यसकारण फिल्म क्षेत्रलाई बाइबाइ गरे, ताकि उनी राजनीतिमा फोकस गर्न सकून् । हालै एक खबर आएको छ, पवनलाई फेरि पर्दामा देख्न सकिनेछ ।

तमिल सिनेमा उद्योगको एक चर्चित प्रोडक्सन हाउस मैत्री मुभी मेकर्स ले चलचित्र बनाउन लागेको हो । खबरका अनुसार फिल्मका लागि मोटो रकम पवन कल्याणलाई एडभान्स अफर गरिएको छ । उनलाई लामो समय पहिले अफर गरिएको थियो । तर पछि फिल्मको काम नै स–यो ।

पवन कल्याणलाई कहानी पनि सुनाइएको थियो । उनलाई स्किृप्ट पनि मन परेको बताइएको छ । उनलाई एडभान्समा ३० करोड भारु पनि दिने कुरा बाहिर आएको छ । यदि पवन कल्याणले फिल्ममा काम गर्न माने भने फिल्मको आधिकारिक घोषणासँगै छायांकन पनि थालिनेछ ।

योसँगै पवन कल्याण दक्षिण एसियामै सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बन्ने अनुमान गरिएको छ ।

निर्माण टिमले छायांकनका लागि पवन कल्याणसँग ४० दिनको समय मागेको छ । पवन कल्याणका फ्यानलाई पनि उनको फिल्मको प्रतीक्षा छ । एजेन्सी

तपाईंको प्रतिक्रिया दिनुस्