नरेन्द्र मोदीको कपाल देखि अनुहार मेकअपमै करोडौ खर्च, सुन्दै चकित

label समाचार प्रकाशक query_builder May, 12 2019

भारतमा आगामी केन्द्रीय सरकारको नेतृत्व चयन गर्ने लोकसभाको निर्वाचन भइरहेकाले अहिले निर्वाचन आचारसंहित लागू भएको छ । यसैक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो र तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।प्रधानमन्त्री मोदीले मेकअप गरेको भिडियो भाएरल भइरहेको हो ।तस्बिरमा देखिएको छ प्रधानमन्त्री मोदीको मेकअपमा एक युवती खटिरहेकी छन् ।

उक्त तस्बिर सँगै उल्लेख भएका विषयले अहिले सबैको ध्यान तानेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्बिर र भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक एक करोड २८ लाख नेपाली रुपैयाँ९ ८० लाख भारतीय रुपैयाँ० खर्च हुने गरेको बताएका छन् ।यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको बताइएको छ । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने तयारीका क्रममा यो भिडियो बनाइएको बताइएको छ ।
केटीएम नेपाल बाट साभार

तपाईंको प्रतिक्रिया दिनुस्