भारतको चर्चित टेलिभिजन शो सारेगम मा नेपाली ११ वर्षका प्रितम आचार्य र १२ वर्षका आयुष केसी मच्चाए धुम

label समाचार प्रकाशक query_builder May, 13 2019

भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका ११ वर्षका प्रितम आचार्य र १२ वर्षका आयुष केसीले दमदार प्रस्तुती दिइरहेका छन् । नेपालका यी दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । अहिले नेपालका दुई बालगायक विश्वभरि नै चर्चामा आइरहेका छन् ।

जी टिभीले रिलिज गरेको नेपालका प्रितम आचार्य र आयुष केसी प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।आइतबार प्रसारित एपिसोडमा उनीहरु टप ९ मा छानिएका हुन्। एको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् ।उनीहरु कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुती दिएपछि टप ३० मा पुगेका थिए।सारेगमपा लिटिल च्याम्पमा नेपालका यी दुइ बाल गायक सहित ८ जना सहभागी भएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्