फेरी चिनले अत्याधुनिक प्रबिधी सहितको अन्तराष्ट्रिय बिमानस्थल चिनको बेइजिङमा निर्माण

label समाचार प्रकाशक query_builder May, 13 2019

एजेन्सी-चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् ।

चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् । “यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न विमानस्थल पूर्णरुपमा तयार भएको छ भन्ने पुष्टि भएको छ,” चीनको नागरिक उड्डयन प्रशासनका प्रहरी प्रमुख वाङ छिङडोङले भने ।

नयाँ बनेको विमानस्थल बेइजिङको डाउनटाउनदेखि ४६ किलोमिटर टाढा पर्दछ । बेइजिङमै रहेको अर्को विमानस्थल बेइजिङ क्यापिटल इन्टरनेशनलको चाप कम गर्नका लागि यो विमानस्थल बनाइएको बताइएको छ । -सिन्ह्वा

तपाईंको प्रतिक्रिया दिनुस्