योजनाहरुको स्थलगत अनुगमन (फोटोफिचर)

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

प्रेमसिंह बिष्ट/सुदूरखबर।
अत्तरिया, जेठ १ । कैलालीको गोदावरी नगरपालिकाले नगरस्तरमा २०७५/०७६ मा निर्माण भएका योजनाहरुको स्थलगत अनुगमन मूल्यांकन मंगलबारदेखि सुरु गरेको छ ।

गोदावरी नगरपालिकाका वडा नम्बर २, ४, ६, र ९ मा रहेका सुचारु निर्माण योजनाहरुको अनुगमन मुल्यांकन गरिएको हो ।अनुगमनका क्रममा योजनाहरु मापदण्डअनुसार सम्पन भएका छन् भन्ने केहि योजनाहरु निर्माणाधीन अवस्थामा रहेको पाइएको छ।

अनुगमनमा गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउद, नगरपालिकाका उपप्रमुख रत्ना कडायत,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट, कार्यपालिका सदस्य ईश्वरी आर्चाय, प्रशासकीय कर्मचारी गणेशराज पनेरु, नगरपालिका खरिदार रघुनाथ जोशीका साथै पत्रकारहरु पनि सहभागिता रहेको थियो । बुधबार वडा नं. ३ र १२ मा अनुगमन गरिने नगरपालिकाका खरिदार रघुनाथ जोशीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।