प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

काठमाडौं, जेठ १ । भियतनाम र कम्बोडियाको एकसाता लामो भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्कँदै छन्।

प्रधानमन्त्री ओली कम्बोडियाबाट बैंकक हुँदै बुधबार साँझ साढे छ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए।

समाजवादी गणतन्त्र भियतनामका समकक्षी गुएन सुआन फुक र कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली गत वैशाख २६ गते भियतनाम प्रस्थान गरेका थिए।

भियतनामको भ्रमण सकेर ओली बैशाख ३० गते कम्बोडिया पुगेका थिए। प्रधानमन्त्रीको भ्रमणका क्रममा दुवै देशसँग व्यपार र पर्यटन प्रवर्द्धनलगायतका विषयमा समझदारी भएको थियो।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।