असार मसान्त नजिकिँदै गर्दा विकास र अनुगमनमा तीव्रता दिँदै गोदावरी नगरपालिका

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

प्रेम सिह बिष्ट/सुदुरखबर

अत्तरिया, जेष्ठ १ । कैलालीको गोदावरी नगरपालिकाले नगर स्तरमा २०७५/०७६ मा निर्माण भएका योजनाहरुको स्थलगत अनुगमन मंगलबार देखि सुरु गरेको अनुगमन आज पनि निरन्तरता रुपमा सुचारु भई रहेको छ। आजको अनुगमन गोदावरी नगरपालिका वडा नम्बर ३/१० मा रहेका सुचारु निर्माणधिन योजनाहरुको अनुगमन गरिएको हो।

अनुगमन गरिएका सम्पुर्ण योजनाहरुको कार्य एकदमै सन्तोषजनक मापदण्ड अनुसार सम्पन भएका छन् भन्ने केहि योजनाहरु निर्माणधिन अवस्थामा रहेको पाईएका छन्।

अनुगमनमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउद ,उप प्रमुख रत्ना कडायत ,प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट ,वडा नम्बर ३ वाडअध्यक्ष मोहन खत्री, वडा नम्बर १०वाडअध्यक्ष रबिन्द्र शाही , कायपालिका सदस्य ईश्वरा आर्चाय,नगरपालिकाका प्राविधिक कर्मचारी र पत्रकारहरु लगाएतको टोलिले बिभिन्न वडाहरुमा निर्माण भई रहेका योजनाहरुको अनुगमन गरेको हो।

अनुगमनका क्रममै बोल्दै नगर प्रमुख साउदले सम्पुर्ण वडाहरुमा भई रहेका निर्माणाधिन योजनाहरु मापदण्ड र सन्तोषजन ढंगले भई रहेको बताएका छन्।

निर्माण उपभोक्ता समितिहरुलाई भेटी उहाँले छलफल सरसल्लाह तथा योजनाहरुको बारेमा विस्तृत विवरण सहितको बोर्ड नरहेकाले स्थानियहरुलाई योजनाको बारेमा जानकारी लिन ग्रारो भएकाले योजनाको विस्तृत विवरण सहितको बोर्ड निर्माणस्थलमा राख्न समितिलाई निर्देशन दिनु भएको थियो।

यसैगरी योजनाहरु मापदण्ड अनुसार निर्माण भई रहेका छन् कि छैन् भन्ने बारेमा जनप्रतिनिधिहरु भन्दा स्थानियबासीहरुले बढी जानकारी राख्नु पर्ने उपप्रमुख कडायतले बताउनु भएका छन्।

आफ्नो ठाउमा भएका सम्पुर्ण बिकास निर्माण कार्यमा जानकारी पाउने अधिकार स्थानियहरुलाई पनि भएकाले अधिकारको सदुपयोग गर्न आग्रह सहित गर्नु भएका थिए। अनुगमन सम्पुर्ण वडाहरुमा हुने नगरपालिकाका खरिदार रघुनाथ जोशीले जानकारी गराउनु भएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।