एकाएक सामाजिक संन्जालमा भाईरल हुदै यी ब्यक्ती जस्ले नेपालका प्रधानमन्त्रीलाई नै भ्रष्टाचारी भन्दै भाषण ठटाए

label समाचार प्रकाशक query_builder May, 15 2019

अधिवक्ता डा. सुरेन्द्र भण्डारीले वर्तमान सरकारले भ्रष्टाचारलाई मलजल गरेको भन्दै त्यसविरुद्ध नागरिक आन्दोलन शुरु भएको बताएका छन् । उनले अब प्रधानमन्त्रीदेखि सबै बहालवाला मन्त्रीहरुलाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारवाही गर्ने चेतावनी समेत दिए ।नेपालका लागि नेपाली अभियानले गरेको विरोधसभामा उनले अहिलेको सरकार जतिसुकै शक्तिशाली भएपनि जनताले चाहेको खण्डमा ढल्न बेर नलाग्ने बताए ।

आन्दोलन उठेपछि सबै दोषीको लेखाजोखा हुने भन्दै उनले दोषी ठहरिएका सबैलाई जेल हालिने उनले चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओली फलामको मुटु लिएर बालुवाटारमा बसिरहेको आरोप समेत लगाए । ‘प्रधानमन्त्री ओलीको फलामको मुटु हो’, उनले भने, ‘यदि मानविय संवेदना र देशको माया हुन्थ्यो भने नागरिक बेचिँदा र देश बेचिँदा किन चुप लागे ?’

अधिवक्ता डा. भण्डारीले मुटु नै नभएको, मानविय संवेदना नभएको व्यक्तिलाई अब नेपालीले प्रधानमन्त्रीको रुपमा देख्न नसक्ने बताए ।नेपालका जनताले चाहेको सरकार समग्र नेपालको र नेपालीको माया गर्ने सरकार हो भन्दै उनले भने, ‘तर, नागरिकता बेच्ने, सरकारी जग्गा बेच्ने, भ्रष्टाचारीलाई कारवाही नगर्ने र आफैंले भ्रष्टाचार गर्ने सरकारलाई अब हामी हाम्रो सरकार मान्दैनौं ।’

सत्तामा बसेर जनताको सेवा गर्न मन भए विदेशीलाई बाँडिका सबै नागरिक फिर्ता गर्न उनले आग्रह गरेका छन् । २०३२ सालदेखि २०६३ सालसम्म एक करोड पाँच लाख व्यक्तिलाई विभिन्न आयोग बनाएर नागरिकता बाँडिएको बताउँदै उनले बाँडिएको नागरिकतामध्ये धेरै विदेशी नागरिकको हातमा पुगेको भन्दै दुःख व्यक्त गरे ।करोडौं नागरिकता बाँडिएकोमा कति नेपाली पाए र कति विदेशीले पाए ? त्यसको लेखाजोखा गर्न पनि सरकारसँग उनको आग्रह छ ।

दलीय सरकारको विकल्पको रुपमा अब नागरिक सरकार आउने र सबै समस्याको समाधान हुने उनले दाबी गरे । नागरिक सरकार निर्माणका लागि अहिलेको आन्दोलन भएपनि राष्ट्रियताको रक्षा र भ्रष्टाचारमुक्त समाज निर्माणमा पहिलो प्राथमिकता रहने उनको भनाइ छ ।राष्ट्रियता र भ्रष्टाचारमुक्त समाज निर्माणमा अहिलेको सरकारले सञ्चालन गर्ने सबै गतिबिधिमा आफूहरुको साथ रहने डा. भण्डारीले बताए ।

http://viralrumours.com बाट साभार

तपाईंको प्रतिक्रिया दिनुस्