रमेश प्रसाईले उपप्रधानमन्त्री उपेन्द्र यादव माथि कडा प्रहार, यस्ता शब्दबाणले भिडियो सहित

label समाचार प्रकाशक query_builder May, 15 2019

नव गठित समाजवादी पार्टी नेपालका अध्यक्ष तथ नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पत्रकारको प्रश्न सामना गर्न नसक्दा अन्तर्वार्ताकै क्रममा माइक फालेर स्टुडियोबाट बाहिरिएको घटनाले अहिले सामाजिक संजाल तातिरहेको छ ।एभिन्युज टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँगको चलिरहेको अन्तर्वार्ताकै क्रममा मन्त्री यादव एक प्रश्नका कारण आक्रोशित बन्दै माइक फालेर स्टुडियोबाटै बाहिरिएका हुन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाई के दिन्छ भनेर पत्रकारले प्रश्नगर्दा यादव चिढिएका थिए । जसपश्चात उनले पत्रकार माथि नै मिडियाले नेपाली जनतालाई के दिन्छ भन्दै प्रतिप्रश्न गरे । पत्रकार पाण्डेले सोधेको प्रश्न प्रति उत्तरदायी भएर जवाफ दिन भन्दा पनि पत्रकारलाई मर्यादाको कुरा सिकाउन खोजेपछि स्टुडियोको माहोल आक्रामक बनेको थियो । प्रश्न गर्ने ढंग भएन र अन्तर्वार्ता लिने तरिका सिक्नुस् भन्दै यादव पत्रकार माथि खनिएपछि परिस्थिति असामान्य बनेको हो । त्यसपछि बन्द गर्नुस

पत्रकार पाण्डेले नेपाली मिडियालाई अन्तर्वार्ता दिने तरिका नसिकाउनुस् भनेपछि मन्त्रि यादवले बन्द गर्नुस भनेका थिए । त्यसपछि पत्रकारले तपाई जान सक्नुहुन्छ भनेपछि मन्त्रि यादव माइक फालेर स्टुडियोबाट हिडेको अन्तर्वार्ताको भिडियोमा देख्न सकिन्छ । अन्तर्वार्तालाई हेर्दा पत्रकार पनि खरो स्वभावको भएको र अतिथि मन्त्रि पनि त्यहि स्वभावको भएको कारण असामान्य स्थिति उब्जिएको देखिन्छ । अहिले यहि अन्तर्वार्तालाइ लिएर पक्ष विपक्ष तर्कहरु सामाजिक संजालमा आइरहेको छ ।

यहि अन्तर्वार्ताको विषयलाई लिएर रमेश प्रसाईले आफ्नो कडा अभिव्यक्ति दिएका छन । भिडियो हेर्नुहोस ।

तपाईंको प्रतिक्रिया दिनुस्