ट्रकको ढोकाबाट खस्दा अछाममा सहचालकको मृत्यु

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

अछाम, जेठ १ । ट्रकको ढोकाबाट खस्दा अछाममा एक जनाको मृत्यु भएको छ । अछामबाट सुर्खेत तर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्बरको ट्रकको ढोकाबाट खस्दा ट्रकका सहचालक अर्घाखाचीका अन्दाजी २० वर्षीय ओमबहादुर बैदालीको ज्यान गएको हो ।

पञ्चदेवल बिनायक नगरपालिकाको सिमा बेलखेतमा रहेको प्रहरी पोष्टमा आज दिउँसो ४ बजेको समयमा ईन्ट्री गर्ने भनेर ढोकाबाट झर्दा खसेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि दैलेखको राकममा लग्दैगर्दा बाटोमै ज्यान गएको बेलखेत प्रहरी पोष्टका हवलदार रमेश नाथले जानकारी दिए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।