नगरपालिका गाडी आगजनी प्रकरण: अनुसन्धान गर्न छानविन समिति गठन

label नमराज भण्डारी query_builder May, 15 2019

जेठ-१ मंगलसेन, अछाम

मंगलसेन नगरपालिकाले गाडी आगजनी घट्नाकोे दोषीलाई पत्ता लगाउन अनुसन्धानका लागि छानविन समिति गठन गरेको छ । वडा नं. ६ वडा अध्यक्ष जनकराज भण्डारी संयोजक रहने गरी नगरपालिका नगर कार्यपालिकाको बैठकले ५ सदस्यिय छानविन समिति गठन गरेको हो ।
जसमा वडा नं. ३ वडा अध्यक्ष पदम सिंह भाट ,हरि प्रसाद ढुंगाना,वडा नं. ५ वडा अध्यक्ष मंगलसेन न.पा.लेखापाल दिपक भण्डारी सदस्य रहेका छन भने मंगलसेन न.पा.ना.सु.खगेन्द्र प्र. उपाध्याय सदस्य सचिव रहनु भएको छ ।मंगलसैन नगरपालिकाको बा२ झ ३६९४ नं.को गाडीमा गएराती आगजनी भएको थियो ।
साथै नगरपालिकाले आकस्मिक बैठकको आयोजनागरि प्रेसबिज्ञप्ति जारी गरेको छ । मंगलबार राति अज्ञात समुहले नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनि गरि पुर्णरूपमा नष्ट गरेपछि नगरपालिकाले बिज्ञप्ति जारी गर्दै घोर आपत्ति जनाएको छ ।
नगर उपप्रमुख सरिता उपाध्याय द्वारा हस्ताक्षरित विज्ञप्तिमा घट्नाको बारेमा सत्य तथ्य छानबिन गर्न ५ जनाको छानबिन समिति गठन गरिएको जानकारी गराएको छ ।


अधिकार सम्पन्न स्थानीय सरकारको स्वामित्वमा रहेका जनताको सम्पति माथस यसरी क्षति पुर्याउनु निन्दनीय कुराभएकाले यस्ता गतिविधिमा संग्लग्न ब्यक्तिको पहिचान गरि कानुनि दायरामा ल्याउन नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अछामलाई अनुरोध गरेको छ ।
यो घट्नाले नगरपालिकाको गम्भीर ध्यानाकर्षा भएकाले छानवीनको पाटोलाई नगरपालिकाले प्रभावकारी बनाउने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्