आफ्नो जीवनलाई परिवर्तन गर्न चाहानुहुन्छ भने भागवत गीतामा भनेका मुख्य सार बारे जानकारी लिनुहोस

label समाचार प्रकाशक query_builder May, 17 2019

बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । त्यसैगरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ वेद हो। वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो।

उपनिषद्बाटै १८ पुराण बनेका हुन्। सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो। गीता धार्मिक पुस्तक १८ अध्यायमा लेखेको छ।

अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवान्ले १८ अध्यायमा मनन चिन्तन गराएको हो।

तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्वपूर्ण धर्मको नियम स्वरूप हो। यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवान्को १८ इश्वरीय कानुन ९१८ कमाण्डमेन्टस्० भनेर हामीले बुझ्नुपर्छ। इश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवान्को आदेश हो।

अतः गीतालाई हामी १८ कमाण्डमेन्टस् भन्छौँ। जस्तो कि बाइबललाई क्रिस्चियनले दश कमाण्डमेन्टस् भन्छन्। गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस्।

१८ कमाण्डमेन्टस् गीताको मुख्य कुरा

अध्याय १– मोह या सुख शान्तिको अधीनमा नपर्नु ।

२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।

३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।

४– तत्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।

५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।

६– अन्तस्करणमा समता राख्नु ।

७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव र हुनु ।

८– सधैँ भगवान्को स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।

९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।

१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवान्को नै अंश मानी भगवान्को चिन्तन गर्नु ।

११– यो चराचर जगत् भगवान्को नै स्वरूपा मानेर विराट रूप भगवान्को दर्शन गर्नु अर्थात् जगत् नै भगवान, भगवान् नै जगत् हो भन्नु ।

१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।

१३– संसारमा एक परमात्मा तत्व नै जान्न योग्य वस्तु हो भनी जानु ।

१४– सत्व, रज, तम यी तीनै गुणबाट अतित भई अनन्य भक्ति गर्नु ।

१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।

१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।

१७– जुनसुकै शुभ कर्म गरे पनि भगवान्को नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।

१८– भगवत शरणागती हुनु र भावले भगवान्को शरणमा पर्नु ।

– प्रा.डा. शिवप्रसाद धौभडेल

तपाईंको प्रतिक्रिया दिनुस्