वर्षाका कारण बाजुरा महोत्सवमा लाखौंको क्षति (फोटोफिचर)

label मदन विक query_builder May, 21 2019

बाजुरा, जेठ ७ । बाजुरामा जारी प्रथम बाजुरा महोत्सवको चौथो दिन सोमबार भारी वर्षा भएपछि लाखौंको क्षति भएको छ । सोमबार दिउँसो चलेको हावाहुरी संगै परेको अविरल वर्षाका कारण जारी महोत्सवको चौथो दिन महोत्सव स्थल नै डुवानमा परेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण महोत्सव स्थलमा बनाइएका विभिन्न व्यापारिक स्टलहरु च्यातिएका छन् भने स्टेज, स्वागत गेट, प्रवेशद्धारा गेटका साथै महोत्सवस्थल वरीपरि लगाईएको घेरबार भत्किएको छ । वर्षाकै कारण साउण्डसिष्टममा समेत क्षति पुगेको छ ।

अत्याधिक हावाहुरी संगै परेको अविरल वर्षाका कारण लाखौ बराबरको क्षति भएको बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । ‘कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ भन्ने मुल उद्देश्यका साथ जेठ ३ गते शुक्रबारबाट सदरमुकाम मार्तडीमा सुरु भएको थियो ।

करिब ८० लाख बढीको लागतमा संचालन भइरहेको महोत्सव प्रतिकुल मौषमका कारण महोत्सवको चौथो दिनमा लाखौको क्षेति भएपछि बाजुरा उद्योग बाणिज्य संघ चिन्तित बनेको छ ।


महोत्सवको चौथो दिन महोत्सवको रमाउन आएका दर्शकहरुको एक्कासी हावाहुरी संगै वर्षा भएपछि भागा भाग भएको थियो ।

महोत्सवमा कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुतीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ ।

महोत्सवको पाँचौ दिन मंगलबार चर्चित गायिका पुर्णकला विसी, देउडा गायक लालबहादुर धामीलगायतका कलाकारहरुको प्रस्तुति रहने उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रथम बाजुरा महोत्सवको अवलोकन गर्न छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट, अछाम, बझाङ र डोटीलगायतका जिल्लाबाट समेत दर्शकहरु आएको आयोजक उद्योग बाणिज्य संघको दावी छ ।

तपाईंको प्रतिक्रिया दिनुस्